
धरान । आज थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।
मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जनामा -११ भारतीय र १ नेपालीमा गत वैशाख – ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो । त्यहि समुहमा बसेका मध्ये हिजो पनि ८ जनामा कोरोना संक्रमण देखिएको थियो।
संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।