हतुवागढीमा र्यापिड डयाग्नोष्टिक टेस्टमा पोजेटिभ देखिएको यूवाको धरानमा (पिसिआर) टेस्ट हुदै

हतुवागढी गाउँपालिका घोडेटार, तस्वीर : इ पोस्ट टाइम्स
Spread the love

हतुवागढी । गत मंगलबार हतुवागढी गाउँपालिकाका एक यूवकमा कोरोनाको र्यापिड डयाग्नोष्टिक (कोभीड-१९) टेष्टमा पोजेटिभ रिपोर्ट भेटिएका यूवाको थ्रोट स्वाब संकलन गरिएको नमुना (पिसिआर) टेष्टको लागि वीपी क्याम धरानमा परिक्षणको प्रकृयामा रहेको छ ।

यस बारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रो बायोलोजी विभागका एडिसनल प्रोफेसर डा. नारायण भट्टराईले जानकारी गराएका छन् । उनले भने– “अहिले सम्म ल्यावमा जम्मा ६ वटा मात्रै स्यापलहरु कलेक्सन भएको छ त्यसकारण अन्य क्षेत्रबाट आउने नमुनालाई केहि बेर पर्खेर जम्मा गर्छौ अनी एकमुष्ट ल्याब टेष्टको प्रकृयामा लाने छौ ।”

विभिन्न तहको ल्याव परिक्षण गरी फाइनल रिपोर्ट तयारी हुनको लागि कम्तीमा नौ घण्टा समय लाग्ने डा. भट्टराइले बताए ।

हतुवागढी गाउँपालिका साविक (होम्ताङ-१) हाल वडा नं. ६ स्थायी घर भएका २६ बर्षिय युवकमा र्यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्टमा पोजेटिभ देखिएपछी गाउँ नै आतंकीत बनेको थियो । उनमा पोजेटिभ देखीएपछि उनको सबै परिवार र उनी संगै यात्रा गरेका ड्रभरको समेत र्यापिड डयाग्नोष्टिक टेष्ट गरीएको थियो । उनीहरुको भने रिपोर्ट नेगेटिभ आएको छ ।

दुई महिना यता विभिन्न देशबाट हतुवागढी घर आएका अन्य ११ जनाको समेत हिजो र्यापिड टेष्ट गरीएको छ उनीहरुको भने नेगेटिभ रिपोर्ट आएको गाउँपालिकाले बताएको छ । र्यापिड डयाग्नोष्टिक टेस्टमा पोजेटिभ भेटिएका यूवा गत फागुन ३० गते साउदीबाट हतुवागढी घर आएका थिए ।

32870cookie-checkहतुवागढीमा र्यापिड डयाग्नोष्टिक टेस्टमा पोजेटिभ देखिएको यूवाको धरानमा (पिसिआर) टेस्ट हुदै

प्रतिकृया दिनुहोस्