२०८० जेष्ठ १८ बिहीबार

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

धरान । आज थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना – नेपाल

संक्रमित – ४७
निको भएको – ९
मृत्यु- – –
अपडेटः २०७७ वैशाख ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगर स्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

२०७७ बैशाख ११, बिहीबार १२:४२ गते 1 Minute 13 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।