हतुवागढीका एक यूवकमा (पिसिआर) टेस्टबाट कोरोना सक्रमण भएको पुष्टी

Spread the love

हतुवागढी । हतुवागढी गाउँपालिकाका भोजपुरका एक यूवकमा कोरोना (कोभीड-१९) को (पिसिआर) टेष्टमा पोजेटिभ रिपोर्ट आएको छ ।

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सह-प्रबक्ता डाक्टर अशोक ऐरका अनुसार रिपोर्ट पोजेटिभ आएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भने आधिकारिक पुष्टी भएको सार्बजानिक गर्न बाकी रहेको छ ।

आज गरिएको टेस्टमा अन्यको भने सबै नेगेटिभ आएको डा. ऐरले बताए ।

हतुवागढी गाउँपालिका साविक (होम्ताङ-१) हाल वडा नं. ६ स्थायी घर भएका २६ बर्षिय युवकमा गत मंगलबार घोरेडार र्यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्टमा पोजेटिभ देखिएपछी फाइनल टेस्टका लागि आज थ्रोट स्वाबको नमुना संकलन गरि (पिसिआर) टेष्टको लागि वीपी क्याम धरानमा पठाइएको थियो ।

गत मंगलबार उनमा पोजेटिभ देखीएपछि उनको सबै परिवार र उनी संगै यात्रा गरेका ड्रभरको समेत र्यापिड डयाग्नोष्टिक टेष्ट गरीएको थियो । उनीहरुको भने रिपोर्ट नेगेटिभ आएको छ । उनलाई अहिले हतुवागढी गाउँपालिकाको घाडेटारको आइसोलेसन वार्डमा राखिएको छ ।

दुई महिना यता विभिन्न देशबाट हतुवागढी घर आएका अन्य ११ जनाको समेत हिजो र्यापिड टेष्ट गरीएको छ उनीहरुको भने नेगेटिभ रिपोर्ट आएको गाउँपालिकाले बताएको छ । र्यापिड डयाग्नोष्टिक टेस्टमा पोजेटिभ भेटिएका यूवा गत फागुन ३० गते साउदीबाट हतुवागढी घर आएका थिए ।

33080cookie-checkहतुवागढीका एक यूवकमा (पिसिआर) टेस्टबाट कोरोना सक्रमण भएको पुष्टी

प्रतिकृया दिनुहोस्