२०८० चैत्र ६ मंगलवार

आज देखि कृषि बजार खुल्यो, तरकारी खरीद बिक्रीको नयाँ तालिका सार्वजनिक

धरान / एकसाता लामो बन्द पश्चात् धरानको कृषि बजार आज बिहिबार देखि खुलेको छ ।

भारतीय नागरिक तरकारी गाडीसंंगै व्यापारीको भेषमा धरान प्रबेश गर्दै गरेको पाएपछि सम्भावित कोरोना संक्रमणलाई रोक्न एकसाता अघी धरानको कृषि बजार बन्द गरीएको थियो ।

धरान कृषी उपज केन्द्र र उप महानगरपालिकालाई वडासमिति र स्थानिय नागरिकले चर्को दबाव दिन थालेपछि कृषीबजारलाई पनि बैसाख १० गतेसम्मलाई लकडाउन गर्ने सर्वसम्मत निर्णय भएको थियो । नागरिकलाई परेको असुविधालाई मध्यनजर गर्दै मंगलवार बसेको समितिको बैठकद्वारा आजदेखि कृषि बजारले बिहान साढे ४ बजेदेखि साढे ५ बजेसम्म केही वडालाई किनमेल गर्ने समय तोकेको छ भने साढे ५ बजेदेखि ७ बजेसम्म अन्य वडालाई तरकारी खरीद गर्ने समय निर्धारण गरेको छ ।

व्यवासयीहरुले ९ बजेसम्म अन्य तरकारी पनि किन्न भने पाउनेछन । ब्यबसायीले तरकारी पसलमा पुर्याइसकेपछि हरीयो सागसब्जी बाहेकको अन्य तरकारी किन्न फेरि उनीहरु आउने भएकोले कृषि बजार ९ बजेसम्म खुला गरी १० बजे पुर्णरुपमा बन्द भइसक्ने धरान कृषी उपज केन्द्रका ब्यबस्स्थापक लक्ष्मण भट्टराईले जानकारी गराए ।
बिहान साढे ४ बजेदेखि ५ बजेसम्म केही वडालाई र केही वडालाई ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र कारोवार हुनेगरी खुलाएको हो ।

धरान कृषि उपज बजारस्थल धरान १३ का अध्यक्ष पर्शुराम कट्वालका अनुसार कृषी बजार खुल्ला गरिएपनि भारतीय तरकारी आयातमा भने पूर्ण रुपमा बन्देज लगाइएको छ । स्थानिय उत्पादनलाई पहिलो प्राथमीकता दिने र अपुग भएको खण्डमा मात्र छिमेकी गाविस र जिल्लाको कृषिजन्य वस्तुको आयतमा प्राथमिकता दिइनेछ ।

कृषी उपज केन्द्र बजार स्थलमा तरकारी खरीद विक्रि गर्न आउने ब्यापारी तथा उपभोक्ताले सामाजीक दुरी भने कायम गर्नु पर्ने छ ।

२०७७ बैशाख ११, बिहीबार ०४:०० गते 0 Minutes 142 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार