२०८० जेष्ठ १८ बिहीबार

हतुवागढी भोजपुरका कोरोना संक्रमित यूवा बिराटनगर ल्याउने तयारी हुदैँ, भोलि मुख्यमन्त्री शेरधन राई स्वास्थ्य सामग्री सहित हतुवागढी आउदै

भोजपुर  । हतुवागढी गाँउपालिका वडा नं. ६ होम्ताङ भोजपुरका हिजो मात्र कोरोना संक्रमण पुष्टी भएका २६ बर्षीय युवालाई उपचारको लागि कोरोना विशेष अस्पताल विराटनगर पठाउने भएको छ ।

जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्स मार्फत संक्रमीत युवालाई विराटनगर लैजाने आवश्यक तयारी गरीरहेको हतुवागढी गाउँपालिकाका कार्यकारी अधिकृत मणीराम खतिवडाले जाकारी गराए ।

जिल्लाबाट एम्बुलेन्स धेरै ढिला आइपुगेको हुनाले यहाँबाट हिड्न धेरै रात पर्ने हतुवागढ़ी गाँउपालिकाको भनाइ छ।

कोरोना संक्रमीत यूवा गाउँ आएपछी उनीसंगै हिडेका, बसेका, खेलेका, खाएका सबैभन्दा नजिक सम्पर्कमा रहेका आफ्नो घरका ८ जना परिवार र अन्य ६ जना साथीहरुको हतुवगढी गापा वडा नं. ६ को स्वास्थ्य केन्द्र होम्ताङमा अहिले थ्रोट स्वाब नमुना संकलन भैरहेको र उक्त नमुना सहित एम्बुलेन्स पठाउनु पर्ने भएकोले बेलुकी ९ बजेसम्ममा घोडेटारबाट एम्बुलेन्स बाटो लाक्ने हतुवागढी गाँउपालिका अध्यक्ष प्रेम कुमार राईले बताए ।

कोरोना संक्रमीत यूवालाई घोडेटारबाट हतुवागढीको वडा नं. ९ हसनपुरको चुहारको पुलसम्म जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्सले पुर्याउने छ भने पुलपारी उदयपुरको मैनामैनीमा १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाइएको एम्बुलेन्स मार्फत केही स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित सिधै कोशी अस्पतालको कोरोना विशेष अस्पताल विराटनगर लगिने बताएको छ ।

हिजोमात्र युवामा कोरोना संक्रमण भएको पुष्टि भएपछी सिंगो हतुवागढी लगायत छिमेकी गाउँपालिका समेत अहिले आतंकती भइरहेको र सम्भावित जोखिम नियन्त्रणको लागि उच्च सतर्कता अपनाउनको लागि सार्वजानीक सुचना समेत जारी गरेको छ ।

हतुवागढी र आसपासका छिमेकी गाउँपालिकाको सिमाना यसअघि नै एकअर्कामा सिल गरिएता पनि यसमा अझै कडाई गर्ने गाउँपालिका र मातहतका सबै वडाहरुसंग छलफल भइरहेको अधिकृत खतिवडाले जानकारी गराए ।

पूर्वी पहाडी भेगको उदयपुर पछि हतुवागढी भोजपुरमा कोरोना संक्रमण देखिएपछि भोलि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगाएत सामाजिक विकास र आन्तरिक मामिला मन्त्रि आवश्यक स्वास्थ्य सामग्री सहित अध्यायन अनुगमनको लागि हतुवागढी गाँउपालिकाको घोडेटार आउने कार्यक्रम  रहेको छ।

२०७७ बैशाख १२, शुक्रबार १३:४८ गते 0 Minutes 62 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।