झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

Spread the love

धरान । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् ।  यसअघि  वैशाख १२ मा झापाकै ६२ बर्षिय पुरुषमा पनि कोरोना पुष्टी  भएको थियो ।

33660cookie-checkझापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

प्रतिकृया दिनुहोस्