२०८० आश्विन ११ बिहीबार

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

धरान । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो र  कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

कोरोना सन्त्रास बिश्व ब्यापी फैलिदै नेपालमा पनि देखा पर्न थाले पछि सम्भावित क्षेतिलाई कम गर्ने उदेश्यले सरकारले गत चैत ११ गते एक हप्ताका लागि पहिलो लकडाउन गरेको थियो।

त्यसलाई निरन्तरता दिदै सोमबार (भोलि) देखि लागु हुने गरी १० दिनका लागि चौथो पटक फेरी लकडाउन थप गर्ने सरकारले निर्णय गरेको छ।

२०७७ बैशाख १४, आईतवार १३:४२ गते 1 Minute 32 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार