२०८० जेष्ठ १८ बिहीबार

हतुवागढीमा संक्रमित यूवाका परिवार लगायत १४ जनाको (पिसिआर) रिपोर्ट सबै नेगेटिभ

भोजपुर । गत मंगलबार कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका २६ बर्षीय यूवाका सबै भन्दा नजिक रहेका परिवार सहित १४ जनाको (पिसिआर) टेष्ट गरिएको छ ।

कोरोना संक्रमीत पुष्टि भएका २६ बर्षीय यूवासंग नजिक र धेरै सम्पर्कमा रहेका उनका परिवार सहित जम्मा १४ जनाको थ्रोट स्वाब नमुना संकलन गरी आज गरिएको (पिसिआर) टेष्टमा सबैको नेगेटिभ रिपोर्ट आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्राध्यपक डा. असोक ऐरले जानकारी गराए ।

करीव २ बर्ष अगाडी बैदेशीक रोजगारीमा साउदी गएका संक्रमीत यूवा गत ३० गते काठ्माण्डौ आई लकडाउन केही दिन अगाडीमात्र आफ्नो घर हतुवागढी वडा नं. ६ होम्ताङ आइपुगेका थिए ।

बैदेशीक रोजगारीको शिलशिलामा विभिन्न मूलुकमा गई गाउँ आएका ११ जनालाई (आरडिटि) र्यापिड डइगनोष्टिक टेष्ट गरिएको थियो । परिक्षणमा संक्रमित यूवा बाहेक अन्यमा नेगेटिभ देखीएको थियो । संक्रमीत यूवालाई जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्स मार्फत हिजै कोरोना (कोभिड-१९) अस्पताल विराटनगर पुर्याई उपचार भइरहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई जानकारी गराए ।

२०७७ बैशाख १४, आईतवार १६:१५ गते 1 Minute 17 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।