
-बिशाल राई
धरान / मुख्यमन्त्री शेरधन राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि सञ्चालनमा आएको कोभिड १९ अस्पताल निरीक्षण गरेका छन।
अहिले कोरोना भाइरसको केन्द्रविन्दु १ नम्बर प्रदेश जस्तो देखिए पनि यसलाई ठेक्नको लागि प्रदेश सरकारले अति राम्रो तयारी गरेको छ। त्यसो भएको हुनाले कुनै पनि नागरिक आत्तिनु पर्ने र विचलित हुनुपर्नेै अवस्था नरहेको बताए ।
संचार कर्मिहरुसंग संक्षिप्त कुरा गर्दै भने – ‘कोरोना कोभिड -१९ अस्पताल विराटनगरमा एक हप्तामा तयार गरेका छौ, अहिले त्यहाँ संक्रमितहरुलाई राखेर उपचार समेत गर्न सुरु गरिसकेको छौं । प्रदेश भरि परीक्षण कार्यलाई तीब्र बनाएका छौ, फराकिलो बनाएका छौं ।’

कोभिड-१९ अस्पताल बीपी क्याम धरान । तस्वीर : मणि काङमाङ
मुख्यमन्त्री राईले संक्रमणको संख्या जत्तिधेरै देखा परेपनि त्यसलाई व्यवस्थापन र उपचार गर्नसक्ने क्षमता विस्तार गरेर तयारीको साथ, उच्च व्यवस्थापनको साथमा काम गरिरहेको र अहिले उक्त प्रभावकारी समेत बन्दै गएको बताए ।
धरानको बीपी क्याममा एक हप्तामा १०० बेडको अस्पताल तयार भएको छ, अब यही ठाउँमा परिस्थिति हेरेर संख्या अझै थप गर्न सक्छौं,’मुख्यमन्त्री राईले भने,‘सबै प्रकारका विकल्प, उपाय खोजि गरेर कोरोना कोडिभ १९ लाई पराजित गर्न लागिपरेका छौ । त्यसो भएकोले विचलित हुनुपर्ने केही पनि छैन ।’
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा एक साता समय लगाएर निर्माण सम्पन्न गरि आजबाट औपचारिक रुपमा शुरु भएको कोरोना कोभिड-१९ अस्पतालमा हाललाई जम्मा एक सय बेड क्षमताको छ। यसमा १० वटा इमर्जेन्सी भेन्टिलेटर सहितको आइसीयु बेड समेत रहेको छ।
प्रतिष्ठानका सह-प्रवक्ता डा. अशोक ऐर अनुसार अस्पतालमा वार्ड, अप्रेशन थिएटर, आइसियु, पेडियाट्रिक आइसियु, गाइनो वार्ड, एचडियुलगायत सेवाहरु सञ्चालनमा रहनेछन् । अस्पतालमा छुट्टै एक्स-रे सेवा, भिडियो एक्सरे पनि त्यही हुनेछ भने भविष्यमा सिटि स्क्यान पनि राख्ने तयारी रहेको छ । डा. ऐर भने ‘कोभिड अस्पतालमा आएका विरामीलाई वीपीको मुख्य अस्पतालमा आउन नपर्ने गरि सबै सेवाहरु त्यही विस्तार गर्ने योजना छ, हरेक उपकरण, स्थान, अप्रेशन सबै कोभिड भएको र नभएको विरामीको लागि अलग्गै गरिएको हो।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।