२०८० आश्विन १२ शुक्रबार

मन्त्रिपरिषद्को बैठक सारेर साँझ ५ बजे बस्ने टुंगो लाग्यो

काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेपछि बस्ने भएको छ ।

यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिने भएपछि सोबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

लकडाउन पटक पटक गरि सारेर आज ३४ औ  दिनमा निरन्तर रहेको छ।

यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।

यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो ।

२०७७ बैशाख १४, आईतवार ०८:४९ गते 1 Minute 34 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार