२०८० फाल्गुन १० बिहीबार

स्वास्थ्य सचिवलाई चिकित्सक संघको चेतावनी : बोल्दा विचार गर (विज्ञाप्ति सहित)

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ ।

मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्जे भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’

साथै करार, ज्यालादारीमा चिकित्सकहरु नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरेर स्थायी पदपूर्ति गर्नसमेत माग गरेको छ ।

एक अन्तरवार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिएका थिए ।

 

२०७७ बैशाख १५, सोमबार ०६:३६ गते 1 Minute 66 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार