२०८० चैत्र १६ शुक्रबार

यायोक्खा केन्द्रिय सचिवालयको अनलाइन बैठक बस्यो, यो बर्ष साकेला घरैमा मनाउने निर्णय

• अर्जुन जम्नेली राई

काठमाडौँ । कोरोना भाइरस माहामारीको कारण यो बर्षको किरात राई समुदायको उभौली साकेला चाड आम रुममा नमनाउने निर्णय भएको छ ।
किरात राई यायोक्खा केन्द्रीय सचिवालयको आज (बैशाख १५) बसेको पहिलो भिडियो कन्फ्रेन्स बैठकले सो निर्णय गरेको हो ।

यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको अध्यक्षतामा पहिलो पटक भिडियो अनलाइनको माध्यमबाट बैठक बसि महत्वपूर्ण निर्णय गरेको हो ।

किरात राई समुदायको महान उभौली साकेला चाड यही बैशाख २५ गतेदेखि हुँदै थियो । सरकारले लकडाउन बढाउदै लानुको साथै लकडाउन खुलेपनी भाइरस सर्ने समस्याको अन्त्य नहुने भएकोले आम रुपमा भेला भएर साकेला नमनाउने निर्णय भएको महासचिव जनक राईले बताए ।

तीन चुला पुज्ने पितृ कार्य घर घरमा स-सानो कार्यक्रम हुने भएपनि गत बर्षहरु झै सार्वजनिक स्थलमा साकेला नमनाउने निर्णय भएको हो । साकेला थानहरुमा नाक्छोंग (धामि) मात्र लगेर पुजा गर्न जिल्लाहरुलाई सर्कुलर हुने भएको छ ।

कोरोनाको कारण अमेरिकामा ७२ बर्षिय बिष्णुकुमार राई र दुबाइमा अमर राई लगायतको मृत्यु भएको रिपोटिङ भएको थियो । दुनाइमा मृत्यु भएका अमरको शब दहनको प्रक्रियाको लागि यायोक्खाले सहजीकरण गरिरहेको अध्यक्ष दिवस राईले बताए ।

कोरोनाको कारण विदेशमा मर्ने नेपालीहरुको दाहसंस्कारमा समस्या आएको बैठकमा छलफल भएको थियो । त्यस्ता घट्नहरु भए यायोक्खाको सन्जालले सकेको सहयोग पुर्‍याउने भएको छ ।

जुम एपको माध्यमबाट पहिलो पटक भएको भिडियो कन्फ्रेन्समा अध्यक्ष दिवस राई, सचिव हेमन्त राई, कोषाध्यक्ष देवान राई काठमाडौ, उपाध्यक्ष जीवन हाताचो, टिकासरी, महासचिव जनक राई ललितपुर, उपमहासचिव भीम राई, सह कोषाध्यक्ष परशुराम राई भक्तपुर, सचिव अर्जुन जम्नेली राई मोरङको पथरी, सचिव कृष्ण राई इलाम, सचिव दोर्पध्वज राई सुनसरीको धरानबाट सहभागी भएका थिए । बैठक अपरान्ह साढे १२ बजेदेखी करिव देढ घण्टा भएको थियो ।

कोरोना भाइरसबाट साबधानी अपनाउन सम्पूर्ण नेपालीलाई अध्यक्ष दिवस राईले पुन अग्रह गरेका छन ।

२०७७ बैशाख १५, सोमबार १३:३९ गते 1 Minute 61 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार