सुनसरी १ का सांसदहरुले आफ्ना नागरिकका लागि राहत जुटाए

Spread the love

धरान / सुनसरी क्षेत्र नं. १ का माननीयहरुले लकडाउनको बेला समस्यामा परेका आफ्नो क्षेत्रका जम्मा २९ वटा वडाका नागरिकहरुलाई वडा कार्यालय मार्फत १५ हजार किलो चामल उपलब्द गराएका छन ।

नेकपाबाट प्रदेश तथा संघमा निर्वाचित सुनसरी क्षेत्र नं. १ का माननीयहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का यूवा नेता तथा संघिय संसद जयकुमार राई, नेकपा स्थायी समिति सदस्य तथा प्रदेश सभा सदस्य भीम आचार्य, प्रदेश सभासदस्य उमीता बराइँली र प्रदेश सभासदस्य सावित्री श्रेष्ठ लगायतले आफुहरुको तर्फबाट क्षेत्रबासीलाई उक्त राहत सामाग्री वितरण गरेको हो ।

विश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण अहिले देश पुरै बन्दाबन्दी अवस्थामा छ । यसले दैनिक ज्याला मजदुरी गरेर आफु र आ-आफ्नो परिवार पालिएका र आम नागरिकको जनजीवन दैनीक कष्टकर बन्दै गइरहेको बारेमा हामी जनताको घर दैलोमा पुगेर उहाँहरुको समस्या बुझिरहेका छौं । त्यसो भएकोले विपतमा पर्नु भएका नागरिकले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर राहत लिन अनुरोध गरेको प्रदेश सभासदस्य भिम आचार्यले बताए ।

कार्यकारी अधिकार सम्पन्न वडा कार्यालय मार्फत वडाका नागरिकहरुलाई वितरण गर्ने गरि राहत सामाग्री वितरण गरेको जसमा– रामधुनी नगरपालिकाका २ वटा वडा, बराहक्षेत्र नगरपालिकाका ७ वटा वडा र धरान उपमहानगरपालिकाका २० वटामा १५ हजार किलो राहत चामल आज वितरण गरिएको नेकपाका नेता एवम संघिय संसद जयकुमार राईलेजानकारी दिए ।

आज धरान उप महानगरपालिका भित्र रहेका वडा नं. ९, १०, १७, १९ लगायत आधा दर्जन वडाका वडा अध्यक्षहरुलाई राहत हस्तान्तरण गरिएको र अन्य वडाहरुलाई भने भोली वितरण गर्ने कार्यक्रम रहेको नेकपा धरान नगर इञ्चार्ज चोत्लुङले जानकारी दिए ।

कार्यक्रममा संघिय र प्रदेशका माननीयहरु लगायत नेकपा १ नं. प्रदेश सदस्य मुक्साहाङ मेन्याङबो, आइन्द्र विक्रम बेघा, जिल्ला सदस्य चोत्लुङ, धरान नगर सदस्य शन्त तेम्बे लगायत नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।

34050cookie-checkसुनसरी १ का सांसदहरुले आफ्ना नागरिकका लागि राहत जुटाए

प्रतिकृया दिनुहोस्