२०८० आश्विन ७ आईतवार

कानेपोखरीको युवा जागरण मन्चमा धिमाल

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा विभिन्न सामाजिक काम गर्दै आएको रास्ट्रीय युवा जागरण मण्चको दोस्रो साधारण सभाबाट प्रकाश धिमाल अध्यक्षमा चयन भएका छन ।
हिजो (बैशाख १६) भएको सभाले उपाध्यक्षमा भुमीकुमार दुलाल, रत्निमाया धिमाल, बिध्यानन्द चौधरी, सचिवमा सन्जिब काफ्ले, सह सचिवमा खगेन्द्र बराईली र कोषाध्यक्ष सुरज रौनियार सर्बसहमत चयन भएका छन ।
सदस्यहरुमा सुजन नेपाल, अनिश न्यौपाने, डिल्ली कटुवाल, दिपक माझी चयन भएका हुन । सोही भेलाले सस्थाको संरक्षकमा मनोज कुमार राजबंशी सल्लाहकार समितिको संयोजकमा भोजबिर माझी, सद्स्यहरुमा अर्जुन राई, रोशन खत्री, भुपेन्द्र सुब्बा, गोबिन्द अधिकारी (बबि), होम थापामगर, दिलिप कुमार शेर्पा, प्रेम कोईराला, जनक ढकाल चयन गरेका छन ।
२०७५ मा स्थापना भएपछि संस्थाले रक्तदान, विपदको बेला राहत वितरण, सामाजिक रुपान्तरण, दुर्ब्यसनीमा परेका युवा, युवती हरुलाई सचेतना लगायतको काम गर्दै आएको संरक्षण मनोज राजवंशीले बताए ।
लकडाउन सुरु भएपछि रक्तदान कार्यक्रम आयोजना गरि ६४ पिन्ट रगत जम्मा गर्नुको साथै, स्वास्थ कर्मीहरुको लागि पाँच सय बोतल पानी बितरण गरेका थिए ।

२०७७ बैशाख १७, बुधबार ०७:४६ गते 0 Minutes 45 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार