२०८० चैत्र १६ शुक्रबार

बारामा संक्रमित भेटिएको दुई गाउँ सिल

वीरगञ्ज । बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा क्षेत्रलाई प्रशासनले क्षेत्र सिल गरेको छ ।

जीतपुरका ४३ वर्षका र सिम्रौनगढ घर भई ईनर्वा सिमरास्थित मस्जिदमा बस्दै आएका ३५ वर्षका संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका ७ जना पहिचान गरिएको छ । उनीहरुलाई जीतपुर सिमरामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरु बस्दै आएको क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

‘संक्रमित भेटिएको दुवै ठाउँ सिल गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरिएको छ’ प्रजिअ पण्डितले भने ‘दुवै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य, एक सवारी चालक र आफन्त समेत गरी ७ जनालाई आईसोलेसनमा राखेका छौं ।’

२०७७ बैशाख १७, बुधबार १४:५९ गते 0 Minutes 56 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार