
एजेन्सी। पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् ।
त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन सय ४६ पुगेको छ । पाकिस्तानमा मे ९ सम्म कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरिएको छ ।
अहिलेसम्म पाकिस्तानमा चार हजार ५२ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किसकेका छन् ।
यसैबीच पाकिस्तानले विभिन्न मुलुकमा फसेका सात हजारभन्दा धेरै नागरिकलाई मुलुकमा फिर्ता ल्याउने बताएको छ । उनीहरुलाई मे महिनाको पहिलो सातामा पाकिस्तानमा फिर्ता ल्याइने बताइएको छ ।
348000cookie-checkपाकिस्तानमा एकैदिन थपिए ८७४ कोरोना संक्रमित