धरौटी बुझाएर छुट्नेबित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा फेरी पक्राउ परे सुलभ अग्रवाल

Spread the love

काठमाडौं । कालोबजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले पक्राउ गरेका अग्रवालविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैया धरौतीमा छाड्न आदेश दिएको थियो ।

धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनी पुन: पक्राउ परेका हुन् ।


यो पनि : शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

34880cookie-checkधरौटी बुझाएर छुट्नेबित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा फेरी पक्राउ परे सुलभ अग्रवाल

प्रतिकृया दिनुहोस्