
धरान । विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालको विभिन्न भूभागमा छिटफुटरुपमा देखा पर्न थालेपछि यसको सम्भावित जोखीमलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेर फेरी विचमा थप गर्दै आउने बैसाख २५ गने सम्मको लागि बन्दबन्दीको समयावधी लम्ब्याएको छ ।
भविष्यमा आइपर्ने सम्भावीत जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक ज्याला मजदुरी गरी आफनो र परिवारको जिविकोपार्जन गर्ने नागरिकको दैनिकी ज्यादै कष्टकर बन्दै गइरहेको छ । यससंगै वाह्य तथा आन्तरीक पर्यटकहरुको लागि एउटा गन्तब्यको रुपमा रहेको १ नं. प्रदेशको पूर्वी क्षेत्र इलामको कन्या, कन्याम, श्रीअन्तु उत्तरी क्षेत्रमा इटहरी, धरान, भेडेटार, नाम्जे, हिले, बशन्तपुर, तेह्थुमको गुरासको राजधानी जलजले मिल्के, गुफापोखरी हुँदै संखुवासभाको सभापोखरी लगायतको उत्तरी पर्यटन स्थलहरु करीव २ महिनादेखि शुन्य नै रहेको छ ।
आज लकडाउनको ३९ औं दिनमा बन्दाबन्दीको अवस्थाको बारेमा इपोष्ट टाइम्सका अफिसियल फोटो ग्राफर मणी काङमाङ राईले धरान देखी भेडेटार मूलघाट सम्मको फोटो रिपोर्टीङ गरेका छन् ।

लकडाउन धरान भानुचोक ।

लकडाउन धरान भानुचोक ।

लकडाउनको २९ औं दिनमा धरान बजार

लकडाउनमा सुनसान भेडेटार बजार

लकडाउनमा सुनसान तमोर पूल

धनकुटाको चर्चित नमस्ते झर्ना अहिले सुनसान छ
पर्यटन ब्याबसायीहरुको भनाई अनुसार लकडाउनको समयमा पुरै संसार नै रोकिएकोले यसको पहिलो प्रभाव नेपाली पर्यटन क्षेत्रलाई परेको छ । यसले गर्दा नेपालको पर्यटन ब्याबसायमा आयको हिसावले पहिलाको अवस्थामा रिभर्स हुन अव करीव १०/१५ बर्ष लाग्ने र यो ब्याबसायबाट धेरै मानिस पलायन हुने बताएका छन् । यसको विषयमा राज्यले कस्तो खाले नीति तथा योजना तर्जुमा गर्छ अव त्यसमा भर पर्ने पर्यटन विदहरु बताउछन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।