२०८० जेष्ठ १८ बिहीबार

ताप्लेजुङको फुङलिङ बजारमा भिषण आगलागीमा हुँदा ७ घर ध्वस्त

ताप्लेजुङ / ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा  ७ वटा घर जलेर ध्वस्त भएको छ ।

ताप्लेजुङको फुङलिङ स्थित पुरानो बैंकलाइनमा शुक्रबार राति भिषण आगलागी भएको थियो । जसमा ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । क्षतिका पुर्णविवरण भने आइसकेको छैन । स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको प्रयासमा आगो मध्यराती नियन्त्रणमा आएको थियो ।

आगलागीबाट खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जलेको छ भने चन्द्रप्रसाद निरौलाको पाँच तले घरको आधा भाग जलेको छ ।

घर सहित अन्य धनमाल जलेर करोडौ क्षती भएको स्थानीयको अनुमान छ ।

२०७७ बैशाख २०, शनिबार १०:१० गते 0 Minutes 13 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।