
विराटनगर / प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ ।
आइबारसम्म द्रूत गतिमा परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको छ । त्यस्तै पिसिआरबाट १ हजार ५ सय ५६ जनाको परीक्षण भएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल २ हजार ६३ पुगेको छ ।
आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
355000cookie-checkप्रदेश १ मा द्रूत गतिमा परीक्षण हुँदै, हालसम्म ७ हजार २ सय ७२ को परिक्षण