२०८० आश्विन १४ आईतवार

पथरीमा घर बहल शुल्क छुट गर्न उध्योग बाणिज्य संघको आग्रह, जोखिममा परेका ब्याबसायिलाई १० हजार दिइने

 मोरङ । मोरङको पथरी शनिश्चरे नगर स्थित पथरी उध्योग वानिज्य संघले पेशा कर्मी ब्यबसायी, श्रम जिवी लगायतलाई घर बाहल शुल्क छुट आग्रह गरेको छ ।
संघको आज (बैशाख २२) बसेको बैठकले जोखिममा परेका आफ्ना सदस्यहरुलाई १० हजारसम्म सापटी ॠण दिने निर्णय भएको संघका अध्यक्ष दीपक बस्नेतले बताए । लकडाउनको कारण समस्यामा परेका सदस्य हरुलाई खुलेपछि फिर्ता गर्नेगरि १० हजारसम्म सापटी दिने निर्णय भएको हो ।
निर्णय कार्यान्वयनको लागि कोरोना भाइरस जोखिम न्युनिकरन एवं आपतकालिन ब्यापारिक सहयोग समिति गठन गरेको छ । बैठक पछि बिज्ञप्ति जारी गर्दै पथरी शनिश्चरे नगरमा बस्ने पेशा कर्मी, ब्यबसायी, श्रमजीवी, विध्यार्थी लगायतलाई स्वेच्छिक रुपमा घर बाहल शुल्क छुट गर्न संघले घर धनिहरुलाई आग्रह गरेको छ ।
करिब डेढ महिनादेखिको लकडाउनमा पनि पथरीका व्यबसायीहरुले अनियमितता नगरेको, सरकारको निर्देशन पालना गर्दै आएको दाबी गर्दै नगरमा कोरोना भाइरस नदेखिएकोमा खुशी ब्यक्त गरेको छ ।
संघका अध्यक्ष दीपक बस्नेत र महासचिव अशोक कुमार राईद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत लकडाउनको कारण नेपालको आर्थतन्त्र धारासयी हुनसक्ने खतरा रहेकोले बैंक तथा वितिय संस्थाहरुलाई सरकारले तोकेको ब्याज छुट गर्न आग्रह गरेको छ ।

 

२०७७ बैशाख २२, सोमबार १०:२३ गते 1 Minute 38 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।