२०८० जेष्ठ १८ बिहीबार

इलाममा सशस्त्र प्रहरी र विप्लव समूहबीच मध्यराति गोली हानाहान

इलाम । इलामको माई नगरपालिका-९, बोरुङमा सशस्त्र प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

राति १ बजे विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको हो । त्यसपछि सशस्त्र प्रहरीले जवाफी ७ राउण्ड फायरिङ गरेको थियो ।

घटनास्थलबाट विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज हिम भन्ने पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका छन् । उनीहरुको साथबाट १९ वटा डेटोरनेटर फ्युज, फ्युज र डेटोनेटर लगाउँदा पड्किने गरी तयार गरिएको एउटा प्रेसर कुकर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत बरामद भएको सशस्त्र प्रहरीको बराह बाहिनी, पकलीका डीआईजी नगेन्द्र थापाले बताए ।

थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति र बरामद सामग्री नेपाल प्रहरीको जिल्ला कार्यालय, इलाममा बुझाइएको छ ।

२०७७ बैशाख २३, मंगलवार ०७:५९ गते 1 Minute 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।