
काठमाडौं। भेरी अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा थप सात जनामा कोरोना भेटिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
पछिल्लाे परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष हुनुहुन्छ भने ०९, ३२, ३४,५५ वर्षका महिला रहेकाे र उहाँहरूका स्वास्थ्य अवस्था सामान्य हुनुका साथै उहाँहरू स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे विज्ञप्तिमा उल्लेख छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।