२०८० आश्विन १४ आईतवार

धरानमा आजबाट लागु हुनेगरी सुनसरी उधोग वाणिज्य संघ धरानले खाधन्नको दररेट निर्धारण गर्यो (सूची सहित हेर्नुहोस्)

धरान । लकडाउको समयमा धरानका थोक तथा खुद्रा ब्याबसायीहरुले चर्को मूल्यमा खाद्यन्न लगाएत अन्य दैनिक उपभोग्य सामाग्रीहरु बेच्दै गरेको भन्ने गुनासो नागारिकहबाट आएपछि आज बैशाख २३ गते मंगलबारदेखि लागु हुने गरी सुनसरी उद्योग वाणिज्य संघले दैनिक खाद्यान्नको दररेट सार्वजनिक गरेको छ ।

धरानका वडा कार्यालयको अनुमति पाएर बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने गरी धरानका खाद्यान्न पसलहरुको लागि उक्त दरभाउ तोकिएको हो ।
दरभाउमा चामल, हरियो र सेतो मटर, चना, मुसुरी, कालो, रहर र चनाको दाल, मुङको बोक्रा सहितको दाल र छोटो मुङको दाल, नुन, चिनी, आटा र मैदा गरी १७ वटा खाधन्नको खुद्रा बजार दरभाउ सार्वजनिक गरिएको छ ।

यता तेल लगायतको खाधन्नको सानो प्याकेटमा नै अधिकतम बिक्री मूल्य उल्लेख हुने र त्यो भन्दा बढी लिन नपाइने भनिएको छ । यस्तै म्याद गुज्रिएको खाधन्न बिक्री गर्न नपाइने र बजारभाउ समय अनुसार परिमार्जन हुने संघले बताइएको छ ।

सोमवार बसेको संघको बैठकले २३ गते मंगलबारदेखि लकडाउको समयसम्मको लागि धरानका खाद्यान्न पसलहरुमा खाद्यान्नको दरभाउ एकरुपता कायम होस् भन्ने उद्धेश्यले संघले खुद्रा बजार दरभाउ सार्वजनिक गरेको संघका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक शिवराज श्रेष्ठले बताए। संघले प्रकाशित गरेको दरभाउ अनुसार व्यवसायीहरुले बिक्री वितरण नगरेमा उपभोक्ताहरुले सुनसरी उद्योग वाणिज्य संघमा खबर गर्न सक्ने पनि संघले जनाएको छ ।

यसैगरी संघले लकडाउनको क्रममा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न धरान उप-महानगरपालिकाले खाद्यान्न पसलहरु बिहान ६ः०० देखि ९ बजेसम्म खोल्ने निर्णयगरे अनुसार पसल खोल्न ८ वटा शर्तहरु समेत तयार गरेको जनाएको छ ।

पालाना गर्नु पर्ने निम्नानुसारको नियमहरु रहेका छन् ।

१) हरेक प्रोप्राईटरले पसल खोल्न वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।
२) सुनसरी उद्योग वाणिज्य संघबाट उपलब्ध गराईएको मूल्य सुचि लिई अनिवार्य रुपमा सबैले देख्नेगरि राख्नुपर्नेछ ।
३) पसल भित्र भिडभाड नहोस् भन्ने हेतुले पसल अगाडि डोरी लगाई पसल भित्र जान रोक लगाउनु पर्नेछ ।
४) पसलमा सामाजिक दुरी (१ मिटर) कायम गर्नुपर्नेछ ।
५) पसलमा बस्ने व्यवसायी र कर्मचारीहरुले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनुपर्ने छ ।
६) पसल अगाडि हात धुने साबुन, पानी र तौलिया राख्नुपर्नेछ ।
७) पैसाको कारोबार गरिसकेपछि सेनिटाईजर प्रयोग गर्नुपर्नेछ ।
८) गुणस्तरीय र म्याद नगुज्रिएका खाद्य वस्तुमात्र बिक्री गर्नुपर्नेछ ।

२०७७ बैशाख २३, मंगलवार ०९:०८ गते 1 Minute 29 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।