
नयाँ दिल्लि एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भारतमा तीन हजार नौ सय नयाँ संक्रमित थपिएका थिए ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १५ हजार ५२५ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६१७ पुगेको छ । त्यस्तै गुजरातमा ६ हजार दुई सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ३६८ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशमा पनि तीन हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा एक हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १४० जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार आठ सय ८० जनामा संक्रमण देखिँदा ५६ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म ५३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा १४ हजार १८३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
Archive : भारतमा कोरोनाबाट एकैदिन १९५ को मृत्यु, ३९०० नयाँ संक्रमित थपिए
Archive : भारतमा २९ हजार कोरोना संक्रमित, मृतकको संख्या ९३४ पुग्यो
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।