२०८० जेष्ठ १८ बिहीबार

अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।

बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

२०७७ बैशाख २४, बुधबार ०९:४१ गते 0 Minutes 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।