२०८० चैत्र १६ शुक्रबार

लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने मन्त्रिपरिषदको निर्णय, यसअघि घोषित लकडाउन भोली सकिदै

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले बताए । उनले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेका थिए ।

‘त्यसमा उहाँको दुईवटा तर्क थियो’ एक मन्त्रीले भने, ‘एउटा भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्छ नै । अर्को, हाम्रो टेस्ट पनि पुगेको छैन ।’

२०७७ बैशाख २४, बुधबार ०८:२३ गते 1 Minute 69 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार