
धरान । धरानका पुराना संगीतक सर्जकहरुले घरमै बसौ बन्दी भन्ने बोलको सचेतनात्मक गीत सार्वजानीक गरेका छन् ।
विश्व अहिले कोरोना भाइरस संक्रमणका कारण आक्रान्त भइ लकडाउनमा रहेको बेला महामारीबाट बच्ने एकमात्र उपाय सामाजीक दुरी कायम गर्नु र घरमै बस्नु हो भन्ने उक्त गीतले मूल शन्देस दिन खोजेको छ ।
सबै नागरिक मिलेर कोरोना महामारीसंग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालना गर्नु हो र नेपालको सन्दर्भमा यसले गर्दा महामारी नियान्त्रणलाई केही हदसम्म सहयोग मिलेको छ यसलाई अझै हामीले पालना गरौ र देशलाई विपतबाट बचाउ भन्ने सन्देश भिडियोमा देखाउन खोजिएको गायक रोहित मास्केले बताए ।
धरानका संगीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा, सन्जिब लामा र मनोज मोतेको समुहले नयाँ प्रविधि प्रयोग गरी मोबाईलबाट नै भिडियो खिचेर मोबाईल बाटै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेको हो ।
“हामी बाँचौ, यो देश बचाऔं, संसारलाई बचाऔं…….” बोलको गीत को रचना,संगीत, संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के,सन्जिब लामा र मनोज मोतकोे आवज रहेको छ । उक्त गीतको मिक्सिङ हेम सुब्बाले गरेका छन भने म्युजिक भिडियोको संयोजन तथा सम्पादन सन्जिब लामा तामांगले गरेका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।