२०८० आश्विन ७ आईतवार

यायोक्खा नगर अध्यक्षको शवलाई दुई वटा झण्डा ओढाएर सम्मान

मोरङ । किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समिती अध्यक्ष डम्बरसिंह चम्लिङ राईको शवलाई यायोक्खा लगायत दुई वटा झन्डा ओढाएर सम्मानसहित अन्त्यष्ठि गरिएको छ ।

मोरङ पथरी शनिश्चरे नगरपालिका-२ का ६८ बर्षिय चाम्लिङको करिव ६ महिना अगाडिदेखि भारत सिलिगुडी स्थित न्युरो अस्पतालमा उपचार हुँदै आएको थियो ।

चाम्लिङको बैशाख २१ गते अस्पतालमा मृत्यु भएको थियो । लकडाउनको कारण तत्काल समस्या भएपनी आज (बैशाख २५) पथरी ल्याएर चाम्लिङ परम्परा अनुसार अन्त्यष्ठी भएको हो ।

अध्यक्ष राईको पार्थिब शरीरमा यायोक्खा नगर समितिको आयोजनामा केन्द्रीय सचिव अर्जुन जम्नेली राई समितिको सस्थापक अध्यक्षसमेत रहेका नगर प्रमुख दिलिपकुमार राईले संयुक्त रुपमा झण्डा ओढाएका थिए । अन्त्यष्ठी कार्यक्रममा यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राई, नगर उपाध्यक्ष प्रेम वाम्बुले राई लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठित सददस्य भएको कारण नगर कमिटिको आयोजनामा १ नम्बर प्रदेश समिती सदस्य युवराज बस्कोटा र नगर संयोजक मोहन तुम्बापोले पार्टीको झण्डा ओढाएर सम्मान गरेको थियो ।

दुई छोरा र तीन छोरीको बाउ चाम्लिङ ब्लड प्रेसरले हानेपछी विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भारत सिलिगुडी लगिएको थियो ।

लामो समयदेखी राई दमुदायमा योगदान गर्दै आएका चाम्लिङ २०६३ मा नगर समितिको सदस्य, २०६६ मा उपाध्यक्ष र २०७६ बाट नगर समितिको अध्यक्ष भएर काम गर्दै आएका थिए ।

२०७७ बैशाख २५, बिहीबार १७:२२ गते 1 Minute 76 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार