मोरङ पथरीमा तासको खालबाट १० जना पक्राउ

Spread the love

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१, पथरीबाट आज तासको खालबाट १० जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा माधव कोइराला, मदन गुरागाई, राजेन्द्र बस्नेत, रोशन बुढाथोकी, प्रदिप फुयल, कुमार श्रेष्ठ, कमन सुन्दास, सुगम सुन्दास कुमार बिक, सुर्य गुरुङ रहेका छन ।

पक्राउ पर्नेमा अधिकांश पथरी शनिश्चरे नगरपालिका-१ बजारका हुन भने सुर्य गुरुङ झापा दमकको रहेका छन ।

जुवा खेल्दै गरेको सूचना आएपछि प्रहरी पुग्दा पथरीको परशु गुरुङको घरबाट उनिहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए ।

तासको खालबाट तीन बुङ तास र १६ हजार नगद बरामद भएको डीएसपी गिरीले जानकारी दिए । घट्ना बारे जिल्ला र १ नम्बर प्रदेश प्रहरी कार्यालयमा जानकारी गराएको गिरीले बताए । तास प्रतिबन्दित जुवा जन्य खेल अन्तरगत पर्दछ ।

प्रहरी नियन्त्रणमा परेका माधव कोइराला सुनचाँदी ब्यबसायी संघ पथरीको अध्यक्ष, रोशन बुढाथोकी लाइन्स क्लब पथरीको पुर्ब अध्यक्ष, राजेन्द्र बस्नेत पथरी जेसीजको पूर्ब अध्यक्ष हुन । मदन गुरागाई, प्रदिप फुयल, कुमार श्रेष्ठ लगायत ब्याबसायी हुन ।

36670cookie-checkमोरङ पथरीमा तासको खालबाट १० जना पक्राउ

प्रतिकृया दिनुहोस्