
मोरङ । कानेपोखरी गाउँपालिका समाज हङकङले चार जना मृगौला पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाबाट हङकङमा काम गर्दै आएका ३५ जनाले चार जना मृगौला पीडित विरामीहरुलाई उपचारको लागि सहयोग गरेका हुन । हिजो (बुधबार) कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको हो ।
मृगौला उपचाररत कानेपोखरी-४ का मेघनाथ लिम्बू-५ का समीर बसका-६ का रामकुमार राई र ७ का निर्मला भुजेललाई जनही ५० हजारको दरले रकम हस्तान्तरण गरेका हुन । कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा भएको रकम हस्तान्तरण कार्यक्रममा कानेपोखरी गाउँपालिका समाज हङकङका सल्लाहकार पदम घले, सचिव देवनन्द तमु कानेपोखरी-७ का वडा अध्यक्ष मोहनप्रसाद अधिकारी लगायतको सहभागी भएको थियो ।
समाजले यस अघि पनि पालिकाको नौ जना बिरामिलाई उपचारमा सहयोग गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष तराबहादुर काफ्लेले पालिकाले बर्षिक २५ लाख जति उपचार सहयोगमा खर्च हुने गरेको बताए ।
बार्षिक रुपमा एक हजार सात सयसम्म बिरामी उपचार खर्चको लागि सहयोग लिन आउने गरेको र गाउँपालिकामा तीन सय बढी मृगौला पीडित रहेको प्रमुख काफ्लेले बताए ।
२०७७ बैशाख २६, शुक्रबार ०७:४१ गते
1 Minute
34 Views
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।