२०८० मंसिर १४ बिहीबार

कोरोना रोक्न प्रदेश १ ले ल्यायो ‘थ्री टी’ को अवधारणा

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को सम्भावित महामारी नियन्त्रणका लागि प्रदेश सरकारले ‘थ्री टी’ को अवधारण अघि सारेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ‘थ्री टी’ को अवधारण अनुसार कोरोना नियन्त्रण अभियान सञ्चालन गरिरहेको बताएका हुन् । प्रदेश १ मा ‘थ्री टी’ अर्थात ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ (खोजी, जाँच र परीक्षण) को अवधारणका साथ काम गरिरहेको उनले बताए ।

उनका अनुसार सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङ टिम गठन भएको छ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेस्टिङ (परिक्षण) टिम गठन भएको छ । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतृत्वमा ट्रिटमेन्ट(उपचार) गर्ने टिम गठन भएको उनले बताए । तीन वटै समूहले निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

२५ जना फ्रन्टलाइनर घर फर्किए

कोरोना संक्रमितको उपचारमा खटिने २५ फ्रन्टलाइनर क्वारेन्टाइनको बसाइपछि घर फर्किएका छन् । कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि २५ जना घर फर्किएका हुन् ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ३१ कोरोना संक्रमितको उपचारमा पहिलो चरणमा खटिएका २५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनको बसाइपछि घर फर्किएका हुन् ।

५ वैशाखमा १२ जना संक्रमित आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली घर फर्किएको सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

२०७७ बैशाख २६, शुक्रबार १५:१४ गते 0 Minutes 51 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार