भारतमा एकैदिन १०३ जनाको मृत्यु, नयाँ संक्रमित ३ हजार ३ सय ९०, संक्रमित संख्या ५६ हजार ३ सय ४२ पुग्यो

Spread the love

नयाँ दिल्ली । कोरोना भाइरस (कोभीड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा द्रुत गतिमा फैलिरहेको छ ।

यसबाट कोरोना संक्रमणबाट भारतमा एकैदिन १०३ जनाको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ८ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ५६ हजार ३ सय ४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा १ हजार २ सय ७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १६ हजार ५ सय ३९ पुगेको छ ।

Archive : भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो, मृत्यु हुनेको संख्या १ हजार ६९४ पुग्यो

36710cookie-checkभारतमा एकैदिन १०३ जनाको मृत्यु, नयाँ संक्रमित ३ हजार ३ सय ९०, संक्रमित संख्या ५६ हजार ३ सय ४२ पुग्यो

प्रतिकृया दिनुहोस्