२०८० चैत्र ६ मंगलवार

वार्ड नं. ३ को वडाकार्यालय नडाहामा सिलान्यास, हाम्रो वडाकार्यालय हामी आफै बनाउँछौं : वडावासी

धरान / लामो समयदेखि विविध कारणवस निर्माण हुन नसकेको बराहक्षेत्र नगरपालिका वार्ड नं ३ को वडाकार्यालयको सिलान्यास आज नडाहामा गरिएको छ ।

स्थानीय वासिन्दा, समाजसेवी तथा समाजिक आगुवाहरुको उपस्थितिमा वराहक्षेत्र नगरपालिका वार्ड. नं.-३ का वडाध्यक्ष रुद्र दाहालले वडाकार्यलयको सिलान्यास गरे ।

गत वर्ष ३ नं.वडाले नडाहामा वडाकार्यालय निर्माण गर्ने निर्णय गरेको थियो तर पछि सर्वसहमत हुन नसके पछि अन्य ठाउँमा पनि उपयुक्त स्थान रोजिएको थियो तर सर्वसहमत हुन नसके पछि अन्योलता छाएको थियो । त्यसका वाबजुत अधिकतम सर्वसहमति तथा सेवा सुविधाको आधारले समेत नडाहा उपयुक्त रहेको ठहर गर्दै आज वडा तथा ३ नम्बर वडावासीको अग्रसरतामा वडाकार्यालयको सिलान्यास गरिएको हो ।

सिलान्यास पश्चात आðनो भनाइ राख्दै वडाध्यक्ष दाहालले लामो समयदेखि रोकिएको वडा कार्यालयको निर्माण अबको डेढ महिना भित्र सम्पन्न हुने बताउँदै रहेका केही समस्याहरु लकडाउन पश्चात समाधान गर्दै जाने बताए । उनले भोलिबाटै निर्माण कार्यलाई निरन्तरता दिने पनि बताए । साथै स्थानीय वासिन्दाहरुको जागरुकता प्रति आफु कृतज्ञ रहेको समेत बताए ।

वडाकार्यालय निर्माणका निम्ति केशव पुरीको अध्यक्षतामा ९ सदसीय निर्माण समिति चयन गरेको छ भने दुर्गा प्रसाद राईको संयोजकत्वमा ५ सदसीय सल्लाकार समिति बनाइएको छ ।

यस्तै ३ नं वडावासिहरुले आðनो वडाकार्यालय आफै निर्माण गर्न सक्षम रहेको बताएका छन् । उनीहरुले नगरपालिकाले वडाकार्यालय निर्माण गर्ने बजेट नदिए आफुहरु नै स्वत स्फुर्त आर्थिक संकलन गरेर वडाकार्यालय निर्माण गर्ने समेत बताए । सो क्रममा वडाध्यक्ष दाहालले केही व्यक्तीहरुले आर्थिक सहयोगको प्रतिवद्धता दिइसकेको समेत बताए ।

२०७७ बैशाख २७, शनिबार ०९:११ गते 1 Minute 65 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार