२०८० आश्विन १४ आईतवार

भारतमा लकडाउन खुकुलो, सुनौली नाकामा १३ सय नेपाली जम्मा भए

भैरहवा । नेपाल–भारत सीमा नाकामा प्रवासी नेपालीहरु आउने क्रम तीव्ररुपमा बढेको छ । भारतमा लकडाउन खुकुलो भएसँगै भारतका विभिन्न सहरमा रोजगारी गरी बस्ने नेपालीहरु फर्किने क्रम बढेको हो ।

शनिबार बिहानसम्म१३ सय बढी प्रवासी नेपालीहरु सीमानाका सुनौलीमा आइपुगेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इशवरी अधिकारीका अनुसार नेपालीहरु आउने क्रम बढिरहेको छ । भारतले अव आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसक्ने जवाफ दिइरहेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म दुवै देशको सहमति अनुसार नेपालतर्फ रहेका भारतीय नागरिक नेपालको क्वारेन्टाइनमा रहेका छन् भने भारततर्फ रहेका नेपाली सुनौलीको क्वारेन्टाइनमा छन् ।

सुनौलीमा रहेको क्वारेन्टाइनमा करिव सात सय नेपाली रहेका छन् भने अन्य सीमानाकामा छरिएर रहेको र रातको समयमा लुकिछिपी नेपाल छिर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम बढेसँगै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताउनुभयो ।

नेपालीहरुले सीमामा राखिएको हल्थ डेक्समा आएर आफ्नो नाम लेखाउने र फकिएर भारत तफै जाने गरेका छन् ।

२०७७ बैशाख २७, शनिबार १५:३५ गते 0 Minutes 39 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।