२०८० आश्विन १४ आईतवार

कपिलवस्तुका तीन संक्रमित मुम्बइबाट पाँच दिनअघि लुकेर नेपाल पसेका थिए

बुटबल । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा सङक्रमणा पुष्टि भएका कपिलवस्तुका तीन युवा पनि अघिल्ला संक्रमित दुई जनाजस्तै भारतबाट भएका र सोही दिन सोही नाकाबाट फरक समूहमा नेपाल प्रवेश गरेको पाइएको छ ।

जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरु तीनै जना मायादेवी गाउपालिका २ का हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पुष्टि भएसँगै उनीहरुलाई आजै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

उनीहरु भारतको मुम्बइबाट चाकरचौराह नजिकको दशगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । उनीहरू वैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

युवाहरूले सिधै क्वारेन्टाइनमा आएको बताएका छन् । यद्यपि यसबारे स्थानीयसँग सत्यतथ्य बुझ्न बाकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।  यसअघि २ दिनअघि कोरोना सङ्क्रमण देखिएका २ जना पनि मायादेवी गाउँपालिका २ कै थिए । त्यही मुम्बइबाट उनीहरू छुट्टाछुट्टै समूहमा आएको स्थानीयले बताएका छन् ।

२०७७ बैशाख २७, शनिबार ०७:१८ गते 0 Minutes 24 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।