
विराटनगर/ प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ ।
आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हतुवागढी भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रादशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको हो ।
भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ६ स्थायी घर भएका २६ बर्षिय उपेन्द्र राई गत फागुन ३० गते साउदीबाट हतुवागढी घर आइपुगेका थिए । घर आएको धेरै समयपछि कोरोना परिक्षण गर्दा संक्रमण पुष्टी भएपछि उपचारको लागि कोरोना विशेष अस्पताल विराटनगर पठाइएको थियो ।
प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहनुभएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ ।
पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ ।
त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।