२०८० जेष्ठ १८ बिहीबार

संक्रमितको संख्या बढेसँगै चीनमा फेरी लकडाउन

धरान । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै चीनले शुलान सहरमा लकडाउन घोषणा गरेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो क्षेत्रमा कोरोना भाइरसका ११ नयाँ संक्रमित भेटिएका छन् । यी सबै संक्रमितमा एक कपडा धुने महिलाबाट कोरोना भाइरसको संक्रमण सरेको हो । ४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा फैलिएको हो । तर, महिलाले हालै कुनै मुलुकको यात्रा गरेकी थिइनन् ।

यससँगै चीनले यो सहरको सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध गरेको छ । साथै सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ । शुलान जिलिङ प्रान्तको एक सहर हो । यो सहर रुससँग सीमा जोडिएको हेइलोङजियाङको सीमामा पर्छ । पछिल्लो समय रुसबाट आउने मानिसहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ ।

पहिलो लहरको कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन सफल भएको चीनले दोस्रो लहर फैलिन नदिन प्रयास गरिरहेको छ । श्रोत:विविसी 

२०७७ बैशाख २९, सोमबार ०७:३४ गते 1 Minute 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।