नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या  १ सय ९१ पुग्यो

Spread the love

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।

37400cookie-checkनेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या  १ सय ९१ पुग्यो

प्रतिकृया दिनुहोस्