२०८० चैत्र १५ बिहीबार

नडाहा वडा नम्बर-३ को वडा कार्यालयको उत्तम बिन्दु हो : निर्माण समिति अध्यक्ष पुरी

वराहाक्षेत्र / गत शनिवार नडाहामा एक कार्यक्रम आयोजना गरि वराहाक्षेत्र -३ को वडा कार्यालय भवनको सिलान्यास भएको छ । शिलान्याससङ्सङ्गै नगरपालिकाबाट बजेट उपलब्ध नहुने भएपछि  स्वतस्फूर्त रुपमा स्थानीय जनताहरु आफैनै वडाकार्यालय बनाउनु पर्छ भन्दै ९ सदसीय वडाकार्यालय निर्माण समिती गठन भएको छ ।

निर्माण समितिका अध्यक्ष भने स्थानीय युवा बुद्धिजीवी केशब पुरी रहेका छन् । आफ्नो गाउँलाई समृद्ध बनाउन भनेरै परदेश मोह त्यागेर आफ्नै गाउमा समाजसेवामा समर्पित छन् । उनै वडाकार्यालय निर्माण समितिका अध्यक्ष पुरीसङ्ग वडाकार्यालय निर्माण सम्बन्धी ताजा अवस्था र सोही विषयलाई लिएर भैरहेका बिभिन्न खाले तर्क बहसका बारेमा इ पोष्ट टाइम्स प्रतिनिधि प्रकाश दिप्शाली राईले गरेको सम्बादको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

१) वडाकार्यालय निर्माणको कार्य कसरी अगाडी बढाउदै हुनुहुन्छ ?

♥ वडा कार्यालय निर्माण समिती, सहयोग तथा सल्लहाकार समिती, जनप्रतिनिधि, बुद्धिजीवी एवम समाजसेवीहरुको सामुहिक निर्णय पश्चात वडा कार्यालय निर्माणका निमित्त स्वतस्फुर्तरुपमा आर्थिक सहयोग गर्न चाहनुहुने व्यक्तिहरुबाट सहयोग सङ्कलन गर्ने र समाजमा सहयोगी, उपकारी एवम विकासप्रेमी भावना भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्नका लागि अनुरोध गर्ने कार्य जारी छ ।

२) नडाहाको वडाकार्यालयको सिलान्यासको समाचार भ्रामक हो भन्दैछ्न नि ?

♥ शिलान्यासको समाचार सत्य हो, जसले यो समाचारलाई भ्रामक भन्नु हुँदैंछ उँहाहरुले बराहक्षेत्र नगरपालिका वडा नम्बर तिनको वडा अध्यक्ष ज्यू संग यो विषयमा जानकारी लिन सक्नुहुनेछ ।

३) वडा कार्यालय निर्माणको विषयलाई लिएर सामाजिक सन्जालमा निक्कै तर्क वितर्क छ नि ?

♥ यो विषयलाई लिएर सामाजिक संजालमा तर्क वितर्क हुनु नपर्ने हो, वडावासीलाई वडा कार्यालयको आवश्यकता छ र वडा कार्यालय निर्माणका निमित्त स्थानीय ऐनमा व्यवस्था भए अनुसार सम्बन्धित वडा अध्यक्ष ज्यूले वडा कार्यालय भवनको २०७७ बैशाख २७ गते नडाहामा विधिवत ढंगले शिलान्याश गरिसक्नु भएको अवस्थामा यस बारेमा कुनै प्रकारको तर्क वितर्क गरिरहनुको अर्थ छैन ।

४)  नडाहामा सिलान्यास भएको वडाकार्यालाई त सभाहलको सज्ञा पनि दिदैछन रे नि ? मलाई त्यस्तो लाग्दैन । जिम्मेवार र सचेत नागरिक या समाजका अगुवाहरुले वडा कार्यालय भवनको शिलान्यासलाई सभाहलको शिलान्याश भन्नु हुन्छ भने उहाहरुलाई आफ्नो अभिव्यक्ति सच्याउन र जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्दछु ।

५)  नडाहामा नै वडाकार्यालय निर्माण बन्ने आधार चै के के छन् ?

♥ यातायातको सहज पहुँच नै वडा कार्यालय भवन निर्माणको मुख्य आधार हो । अहिलेको समयमा मानिसहरु अत्यन्तै व्यस्त हुने र थोरै समयमा धेरै काम हरु गर्नुपर्ने अवस्थामा छन्, वडा कार्यालय नडाहा चोकमा रहेपछि वडा कार्यालयमा आफ्नो काम सकेर अन्य कामका लागि अरु ठाउँ जान छिटो हुने र विल्कुल नयाँ मानिसलाई पनि वडा कार्यालय जाने बाटो बताउन र बुझाउन एकदमै सजिलो हुने, सातवटा बाटाहरुले छोएको चोक भएको हुँदा आम जनताको सेवा र सुविधालाई केन्द्रमा राखी मध्यनजर गर्दा नडाहा चोक नै उचित स्थान हुन आउँदछ जसले वडा कार्यालय भवन निर्माणको आधार तय गरेको छ ।

६)  नगरपालिकाबाट त बजेट उपलब्ध नहुने कुरो रहेछ, यस्तो अवस्थामा कसरी निर्माण सम्पन्न गर्न सकिएला ?

♥  नगरपालिका बाट आवश्यक बजेट उपलब्ध नभए पनि स्थानीयवासीहरुको हौसला, साथ र सहयोग प्राप्त भएको छ र हुनेक्रम जारी छ । त्यसकारण, भवन निर्माण कार्य समयमै सम्पन्न गर्न सक्छौं भन्नेमा विश्वस्त छु । वास्तवमा, जनताले आफ्ना लागि चाहिने वडा कार्यालयको भवन आफ्नै खर्चमा निर्माण गर्न जुट्नु भनेको पक्कै पनि सर्हानिय र उदाहरनिय काम हो, यसको उपल्लो निकायहरु बाट उचित मुल्यांकन गरिनु आवश्यक छ ।

७) सहयोग के कस्तो भैरहेको छ ?

♥ नैतिक, भौतिक तथा आर्थिक सहयोगहरु हामीले सोचेको भन्दा धेरै उत्साहका साथ प्राप्त भैरहेका छन् । जसले गर्दा हामी यो कार्य चाडै सम्पन्न गर्ने छौं ।

८) वडाकार्यालय निर्माण कहिले सम्म सम्पन्न होला ?

♥ हामी अत्यन्तै तिब्र गतिका साथ यो वडाकार्यालय निर्माणम जुटिसकेका छौँ । काम थाली पनि सकेका छौं । यहि क्रमले अघि बढ्ने हो भने महिना दिन देखि डेढ महिना भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

२०७७ बैशाख ३०, मंगलवार १०:४१ गते 1 Minute 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार