२०८० आश्विन १२ शुक्रबार

थप २६ जनामा कोरोना संक्रमण, काठमाडौं र भक्तपुरमा पनि संक्रमित भेटिए

काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

२०७७ बैशाख ३०, मंगलवार १७:११ गते 0 Minutes 28 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार