
वराहक्षेत्र / देशव्यापी रुपमा कोरोना कहरले जनजीवनलाई अस्तव्यस्त बनाइरेको बेलामा अलपत्र परेका बाके बर्दिया नगरपालिकाका २२ जनालाई वराहक्षेत्र न.पा. वार्ड नम्बर ३ ले आज उद्धार गरेको छ ।
सङ्खुवासभामा अपर हाइड्रोपावरमा कार्यरतलाई ठेकेदारले बेवास्ता गरेपछि हिड्दै भएपनी आफ्नो घर पुग्ने उदेश्यले उनीहरु सङ्खुवासभाबाट बाटो लागेका थिए । सोही क्रममा उनीहरु वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर -३ को नडाहामा राती ९ बजे आइपुगेका थिए ।
पत्रकारहरुले सो कुराको जानकारी त्यहाँका वडाअध्यक्ष रुद्र दहाललाई गराएको थियो । ततपश्चात वडाअध्यक्ष दाहाल र स्थानीय बासिन्दाले ती अलपत्र परेकाहरुलाई खाना खुवाउने, र बस्ने व्यवस्था मिलाइदिएका थिए । ३ नम्बर वडाले सम्बन्धित निकायहरु सुनसरी र बर्दियाका प्रमुख जिल्ला अधिकारीसङ्ग समन्वय गरी बस झिकाएर उनीहरुको गन्तव्य पठाउने काम समेत गरेका थिए ।
उनीहरुलाई पठाएपछी वडाअध्यक्ष दाहालले अलपत्र परेकालाई यसरी उद्धार गर्नका लागि स्थानीयबासीले गरेको सहयोग सराहनीय रहेको बताउदै उनीहरुलाई गन्तव्यमा पठाउन पाएकोमा खुशी व्यक्त गरे । यता अलपत्र परेकाहरुले आफुहरुलाई यो कार्यले ठूलो राहत भएको महसुस गरेको बताए ।
वराहक्षेत्र नगरपालिका वार्ड नम्बर- ३ र स्थानीय बासिन्दाको यो गुन सधैभरी सम्झिरहने समेत बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।