
राजापुर। बर्दियाको मधुवन नगरपालिका- ८ शिवदुर्गा माध्यमिक विद्यालय, दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् ।
उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो ।
काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।
विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । फरार युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।
377900cookie-checkक्वारेन्टाइनबाट युवती फरार