२०८० आश्विन १४ आईतवार

अहिलेसम्म प्रदेश १ मा १२ हजार कोरोना परीक्षण, ३५ जनामा कोरोना पुष्टि, १७ जना उपचारपछि घर फर्के

विराटनगर/ प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणलाई तिब्रता दिएको छ ।

प्रदेश १ मा यतिबेला ३ ठाउँबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ भने १७ जना उपचारपछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ ।

२०७७ जेष्ठ १, बिहीबार १३:५६ गते 0 Minutes 64 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।