२०८० मंसिर २४ आईतवार

पथरीमा यातायात मजदुरलाई राहत वितरण

मोरङ । लकडाउनबाट प्रभावित अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङले आज निम्न वर्गका ५० जना मजदुरलाई राहत वितरण गरेको छ ।

विदेशमा बस्ने विभिन्न ब्यक्तिहरुले संगठनलाई सहयोग पठाएपछि मजदुर हरुलाई २५ किलो चाम, एक-एक किलो दाल र चामलको दरले राहत वितरण गरेको अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङका अध्यक्ष पूर्ण कार्कीले बताए ।

राहत पथरी शनिश्चरे नगर क्षेत्रमा सिटी सफारी, ट्याम्पु कुदाउने यातायात मजदुरहरुलाई बितरण गरिएको अध्यक्ष कार्कीले बताए । वितरण कार्यक्रममा संगठनका
काेषाध्यक्ष नवीन झाेडाली, सहसचिव डिल्ली सिह राई उपस्थिति रहेको थियो ।

यातायात मजदुर संगठनलाई नगरबाट गएर क्यानडा बस्ने छत्र खतिवडा, र्हक खतिवडा सुकर मुक्तान,अमिरीकाबाट रविन बराइली, पुर्ण चौहान, सागर सार्की, अष्ट्रेलियाबाट डिस काफ्ले, कुष्ण कुइकेल लगायतले सहयोग पठाएको अध्यक्ष पूर्ण कार्कीले बताए ।

तस्वीर : अर्जुन जम्नेली राई

२०७७ जेष्ठ २, शुक्रबार ०९:२५ गते 1 Minute 41 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।