थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, दाङमा पनि भेटिए संक्रमित, कूल संक्रमित संख्या २ सय ६७ पुग्यो

Spread the love

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

 

38020cookie-checkथप ९ जनामा कोरोना संक्रमणको पुष्टि, दाङमा पनि भेटिए संक्रमित, कूल संक्रमित संख्या २ सय ६७ पुग्यो

प्रतिकृया दिनुहोस्