२०८० आश्विन ७ आईतवार

कपिलवस्तुमा भेटिए थप ३ जना कोरोना संक्रमित, संक्रमित संख्या २ सय ७६ पुग्यो

काठमाडौं । नेपालमा फेरि कोरानो भाइरस (कोभिड-१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ सय ७६ पुगेको छ ।

आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।

२०७७ जेष्ठ ३, शनिबार ०७:०५ गते 1 Minute 28 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार