२०८० आश्विन ७ आईतवार

थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ७८ पुग्यो

काठमाडौं । शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएको छ । जसमा २६ वर्षका पुरुष र ५२ वर्षका पुरुष रहेका छन् ।

हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि मन्त्रालयले शनिबार नै बर्दिया गुलरियाकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि मन्त्रालयले बर्दियाकी महिलाको ठेगाना नार्खु भने पनि त्यहाँको स्वास्थ्य कार्यालयले भने गुलरिया नगरपालिका ११ लालपुरकी महिला भएको बताएको छ ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो ।

 

२०७७ जेष्ठ ३, शनिबार १४:०१ गते 1 Minute 25 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार