२०८० चैत्र १६ शुक्रबार

भारतको महाराष्ट्रमा मे ३१ सम्म लकडाउन लम्बियो

धरान  । भारतको महाराष्ट्रमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको लकडाउन मे ३१ सम्म बढाइएको छ । महाराष्ट्रको सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको भन्दै लकडाउन ३१ मे सम्म लम्ब्याउने निर्णय गरेको हो ।

भारतको केन्द्र सरकारले यसअघि घोषणा गरेको लकडाउनको अवधि आज सकिँदैछ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै पनि जारी रहने बताइसकेका छन् । कहिलेसम्म जारी रहने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

भारतमा महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको राज्य हो । अहिलेसम्म यो राज्यमा ३० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने एक हजार एक सय ३५ जनाको मृत्यु भइसकेको छ । भारतमा करिब दुई महिनादेखि लकडाउन लगाइएको भए पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।स्रोत : बीबीसी

२०७७ जेष्ठ ४, आईतवार १३:४६ गते 1 Minute 65 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार